योजना आयोगबाट विदा भए स्वर्णिम वाग्ले

योजना आयोगबाट विदा भए स्वर्णिम वाग्ले


काठमाडौं–सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको राजीनामा स्वीकृत गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई विगतमा गरेका कामप्रति धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेको हो।

वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्दै आइतबार नै उपाध्यक्षबाट राजीनामा घोषणा गरेका थिए।