काठमाण्डु– सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन् ।
इस्लामिक विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।
विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन ।
राजधानी दमिस्कमा गोली चलेको आवाज सुनिएको थियो भने दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।
विद्रोही समूहले यस अघि ठूलो शहर अलेप्पो, हामा र होम्स शहर कव्जा गरेको थियो । होम्स शहर बिद्रोहीको कब्जामा परेसँगै सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाएको बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले जनाएको छ ।
प्रतिक्रिया