सिरियाको राजधानी दमास्कसमा विद्रोहीको आक्रमणमा ६२ सरकारी सेनाको मृत्यु

सिरियाको राजधानी दमास्कसमा विद्रोहीको आक्रमणमा ६२ सरकारी सेनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरूत लेबनान– सिरियाली जिहादी समूहलाई आफ्नो कब्जामा राख्दै आएको इश्लामिक स्टेट (आइएस) समूहले राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि जाइलाग्दा कम्तिमा ६२ जना सरकार पक्षधर सैनिक तथा लडाकूको मृत्यु भएको एक अनुगमन समूहले बुधबार जनाएको छ ।

आइएस समूहले गत सोमबार रातिदेखि दमास्कसको छिमेकी भूभाग कादममा एक्कासी आक्रमण थालेको र उक्त भिडन्तमा मृत्यु हुने सरकारी सेनाको सङ्ख्या ६२ पुगेको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ ।

उक्त समूहले मङ्गलबार दिएको जानकारीमा सरकार पक्षका ३६ लडाकूको मृत्यु भएको जनाएपनि पछिल्लो रिपोर्टमा ६२ जना मारिएका पाइएको जनाएको हो । बुधबारसम्ममा आइएस विद्रोहीको सैनिक दस्ताले राष्ट्रपति बसर अल–असद पक्षधर सेनालाई कादमको बाहिरी क्षेत्रमा पु¥याएको तर सेनाले कादमलाई पुनः नियन्त्रणमा लिन सुरक्षा कारबाही शुरु गरेको छैन, सिरियाली मानव अधिकार समूहका प्रमुख रमी अब्देल रहमानले बताए ।

आइएस समूहले दमास्कस र प्यालेष्टिनी शिविर यारमुक, हजार अल–असाद तथा तादामुन क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ । सन् २०१४ मा सिरिया र इराकका अधिकांश ग्रामिण इलाकामा कब्जा जमाएपनि त्यसपछिका दिनमा भने क्रमशः कमजोर देखिँदै आएको छ । यद्यपि यदाकदा आक्रमण भने जारी राखेको छ ।