टी–२० विश्वकप : अस्ट्रेलियाद्वारा स्कटल्यान्ड पराजित, इंग्ल्यान्ड सुपर–८ मा

टी–२० विश्वकप : अस्ट्रेलियाद्वारा स्कटल्यान्ड पराजित, इंग्ल्यान्ड सुपर–८ मा


काठमाण्डु-आईसीसी टी–२० विश्वकप २०२४ मा टी–२० अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।

आइतबार बिहान भएको समूह ‘बी’को समूह चरणको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

अष्ट्रेलियाको यो जित पछि इंग्ल्यान्डले स्कटल्यान्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा स्थान बनाएको छ ।

१८१ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । ओपनर ट्रविस हेडले ४९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । यस्तै मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्कासहित ५९ रन बनाए ।

स्कटल्यान्डका स्पिनर मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । शफ्यान शरिफले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रन बनाए । यस्तै जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रन बनाए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । एश्टन अगर, नाथन एलिस र एडम जाम्पाले १–१ विकेट लिए ।
अष्ट्रेलिया समूह ‘बी’ बाट ४ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड र स्कटल्यान्ड दुबैको ४ खेलमा ५–५ अंक रहे पनि

नेटरनेटको आधारमा इंग्ल्यान्ड सुपर–८मा प्रवेश गरेको छ ।