टी २० क्रिकेट विश्वकप : यस्तो छ खास नियम, पहिलो पटक ‘स्टाप क्लक’को प्रयोग हुँदै

टी २० क्रिकेट विश्वकप : यस्तो छ खास नियम, पहिलो पटक ‘स्टाप क्लक’को प्रयोग हुँदै


काठमाण्डु–आईसीसी टी२० क्रिकेट विश्वकप सुरु हुन अब केही दिन मात्र बाँकी छ । यस वर्ष यो प्रतियोगिता केही फरक ढंगले हुँदैछ । पहिलो पटक क्रिकेट प्रतियोगिताका केही खेल अमेरिकामा पनि खेलिदैछ ।

प्रतियोगिताको समूह चरणका खेलहरू जुन १ बाट शुरू भई जुन १८ सम्म हुनेछ भने सुपर ८ का खेल १९ देखि २५ जुनसम्म हुनेछन् । सेमिफाइनल खेल जुन २७ गते र फाइनल खेल २९ गते हुनेछ । टी२० को यो नवौं संस्करणलाई अमेरिका र वेस्टइन्डिजले संयुक्त रूपमा आयोजवना गर्दैछ । यस पटकको प्रतियोगितामा जम्मा २० देशका टिमले सहभागिता जनाउँदैछन् । नेपाल दोस्रो पटक प्रतियोगितामा सहभागि भइरहेको छ ।

नेपालले जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग खेल्नेछ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रिरे क्रिकेट रङ्गशालामा विश्वकपको पहिलो खेल नेपालले खेल्नेछ । त्यसपछि फ्लोरिडामा जुन १२ मा दोस्रो खेल खेलेर टोली वेस्ट इन्डिज लाग्नेछ । वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लिगको अन्तिम खेल खेल्नेछ । नेपालको आगामी यात्रा यी ४ खेलको नतिजाले तय गर्नेछ ।

यस पटक पनि टी२० विश्वकप कप पुरानै फरम्याटमा खेलिनेछ । तीन राउण्डमा खेल खेलाइने छ । ग्रुप स्टेज, सुपर–८ र नाकआउट अर्थात् सेमिफाइनल र फाइनलखेल हुनेछ ।

यसका लाष्गि सबै २० टिमलाई चार वटा समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहमा पाँच टिम छन् । एउटा समूहको टिमले अर्को समूहसँग ग्रुप स्टेज खेल्ने छ । यस प्रकार हरेक समूहबाट दुई टिम सुपर आठका लागि तयार हुनेछ । सुपर आड पछि चार वटा टिम नाकआउट चरणका लागि सेमिफाइनलमा पुग्नेछन् ।

यस प्रतियोगिताकोे आधिकारिक प्रसारण अधिकार डिज्नी स्टारसँग छ ।

टि२० विश्वकपका खेलहरू वेस्टइन्डिजका अन्य देशका रंगशाला र अमेरिकाको तीन वटा रंगशालामा खेलिने छ ।

नासाउ काउन्टी स्टेडियम, अमेरिकाको न्यूयोर्कको लाँग आइल्याण्डमा अवस्थित छ । यो एक यस्तो अस्थायी रंगशाला हो जुन खास गरी यहि प्रतियोगिताका लागि बनाइएको छ ।

सेमिफाइनलको एउटा खेल वेस्टइण्डिजको त्रिनिदादको ब्रायन लारा रंगशालामा खेलिने छ भने अर्को सेमिफाइनल गयानाको प्रोविडेन्स रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल वेस्टइण्डिजकोे बाराबाडोसको केंसिन्ग्टन ओवलमा खेलिनेछ । यो एक ऐतिहासिक रंगशाला हो ।

प्रतियोगिताका खास नियम

यस पटकको प्रतियोगितामा पहिलो पटक ‘स्टाप क्लक’ को प्रयोग गरिनेछ । अर्थात् बलिङ्ग गर्ने टिमलाई ६० सेकेन्ड भित्र एक ओभर समाप्त गरी अर्को ओभर सुरु गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नियमअन्ुसार असाधारण परिस्थिति छाडेर प्रत्येक खेल तीन घण्टा १० मिनटमा सम्पन्न गर्नु पर्नेछ । अर्थात् हरेक पारीलाई एक घण्टा २५ मिनेट छुट्टयाइएको छ । खेलका लागि २० मिनेट विश्रामका लागि रहनेछ ।

हरेक पारीको सुरुको छ ओभर पावरप्ले हुनेछ । फिल्डिङ्गमा पनि केही परिवर्तन भएको छ । हरेक टिमलाई रिव्यू लिन दुई पटक मौका दिइने छ ।

खेल बराबरी भए सुपर ओभरबाट नतिजा तय हुनेछ । सुपर ओभर पनि टाई भएमा नतिजा तय गर्न सुपर ओभर फेरि खेलिनेछ ।

प्रतियोगितामा वर्षा भए नतिजा प्राप्त गर्न डीएलएस विधि प्रयोग गरिनेछ । तर डीएलएस लागू गर्न केही सर्तहरू पनि तोकिएको छ । समूह चरण र सुपर–८ का लागि दुवै टोलीले कम्तिमा ५ ओभरको खेल खेले पछि मात्रै डीएलएसमार्फत् निर्णय लिइनेछ । यस्तै नकआउट खेलमा दुवै टोलीले कम्तीमा १० ओभरको खेल खेले पछि डीएलएको प्रयोग गरिने छ ।

टी–२० का अहिलेसम्मका विजेता
२००७–भारत
२००९–पाकिस्तान
२०१०–इङ्गल्याण्ड
२०१२–डीएलएस
२०१४–श्रीलंका
२०१६–डीएलएस
२०२१–अष्टे«लिया
२०२२– इङ्गल्याण्ड