एसीसी इस्टर्न रिजन टी-२० मा सन्दीपको १०० विकेट पूरा

एसीसी इस्टर्न रिजन टी-२० मा सन्दीपको १०० विकेट पूरा


काठमाडौं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले थाइल्याण्डमा शनिबार देखि सुरु भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा विकेट लिँदै ऐतिहासिक उपलब्धि हात पारेका हुन् ।

पहिलो विकेटको रुपमा आईपीएलमा पार्थिव पटेललाई आउट गर्दै विकेटको सुरुआत गरेका सन्दीपले १०० औँ सिकारको रुपमा मलेसियाका विरेन्दरसिंहलाई आउट गरे । पछिल्लो टी-२० को रुपमा सन्दीपले बिग ब्यास लिगमा १५ विकेट लिएका थिए । काठमाडाैंमा भएको नेपाल ओमान र अमेरिकाबीचको एक दिवसीय सिरिजका लागि विगा ब्यास लिग बीचमै छाडेर आएका सन्दीपले त्यतिबेला १०० विकेट पूरा गर्न १ विकेट बाँकी राखेका थिए ।

सन्दीपले साढे १ वर्षको अवधिमा यो कोषेढुंगा पार गर्न सफल भएका हुन् । नेपाली क्रिकेटरमा सर्वाधिक विकेट लिने खेलाडीको रुपमा पनि सन्दीप लामिछानेले आफूलाई स्थापित गरेका छन् ।

मलेसियाविरूद्ध नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिएका थिए भने अभिनाश बोहराले दुई विकेट लिएका थिए। त्यस्तै,करण केसीले एक विकेट लिएका थिए।मलेसियाविरूद्ध नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिएका थिए भने अभिनाश बोहराले दुई विकेट लिएका थिए। त्यस्तै,करण केसीले एक विकेट लिएका थिए।

२०१६ मा यू-१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि सोही वर्षको अप्रिलमा नामिबियासँगको आईसीसी विश्व क्रिकेट लिग म्याचमा सिनियर टिमबाट डेब्यु गर्न पाएका थिए । त्यसयता उनी नेपाली टिमका नियमित सदस्य पनि हुन् ।