काठमाण्डु – नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको तेस्रो खेलमा हङकङलाई विशाल लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको छ ।
नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । मल्लले ९२ रन र ऐरीले ५७ रनको योगदान गरे ।
प्रतिक्रिया