काठमाण्डु- आईसीसी टी-२० विश्वकप २०२४को प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकमा जारी छ । प्रतियोगिताअन्तर्गत समूह चरणका सबै खेलहरू सकिएको छ भने समूह-८का खेलहरू बुधबारबाट सुरु हुँदैछ ।
२० वटा टीम भाग लिएको यस प्रतियोगितामा १२ वटा टीम समूह चरणबाट बाहिरिएका छन् भने आठ वटा टीम समूह–८मा प्रवेश गरेका छन् । सुपर-८मा पुगेका आठ टीमलाई ४/४ वटा गरी दुई समूहमा बाँडिएको छ ।
पहिलो समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । यस्तै अर्को समूहमा इंग्लयाण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र अमेरिका छन् । टी -२० विश्वकपको ट्रफी यी आठ वटै टिम मध्ये एउटाले उचाल्ने छ ।
अहिले टी-२० विश्वकप प्रतियोगिता जारी रहँदा २०२६को विश्वकप खेल्ने १२ वटा टीमको टुंगो लगाएर आइसीसीले क्रिकेट प्रशंसकलाई थप उत्साहित बनाइ दिएका छन् ।
आईसीसीले २०२६मा हुने टी-२० विश्वकपका लागि खेल्ने टीमहरूको छनोट गरेको छ । आइसीसीका अनुसार आगामी विश्वकपमा पनि २० वटा टीमको सहभागिता रहनेछ ।
२०२६को टी-२० विश्वकप भारत र श्रीलंकामा हुनेछ । आयोजक राष्ट्रको हैसियतले भारत र श्रीलंकाले स्वतः प्रवेश पाएका छन् । २०२४ को टी-२०को सुपर-८मा प्रवेश पाएका आठवटै टीमले पनि आगामी विश्वकप खेल्ने छन् । जसमध्ये भारत र श्रीलंका आयोजक नै हुन् ।
उनीहरूका अतिरिक्त अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डज, इंग्ल्याण्ड, अफगानिस्तान, बंगलादेश र अमेरिकाले पनि स्वतः प्रवेश पाएका छन् । साथै टी-२० क्रिकेटको अन्तर्राष्ट्रिय रैंकिङअनुसार तीन वटा टीम पनि छनोट भएका छन् । जसमा पाकिस्तान, न्यूजील्याण्ड र आयरल्याड छन् ।
आगामी विश्वकपका लागि अहिलेसम्म १२ वटा टीमको प्रवेश सुनिश्चित भएको छ भने बाँकी आठ वटा टीमको छनोट पछि विभिन्न प्रतियोगितामार्फत् गरिने छ ।
प्रतिक्रिया