काठमाण्डु-आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा इङ्ग्ल्यान्डले जित हात पारेको छ ।
बिहीबार भएको सुपर ८ को दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। १८१ रनको लक्ष्यसहित मैदान उत्रेको इङ्ग्ल्यान्डले १७।३ ओभर खेल्दै जम्मा २ विकेटको क्षति जित हात पा¥यो ।
लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।
वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६÷३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।
वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो । समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर–८ मा आइपुगेको थियो ।
इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर–८ को समूहर २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका रहेका छन् ।
प्रतिक्रिया