टी-२० विश्वकप : भारतले अफगानिस्तानलाई ४७ रनले हरायो

टी-२० विश्वकप : भारतले अफगानिस्तानलाई ४७ रनले हरायो


काठमाण्डु–आईसीसी टी–२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ । बार्बाडोसमा बिहीबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । सुपर–८ समूह ‘ए’ मा भारत र अफगानिस्तानसँगै अष्ट्रेलिया र बङ्गलादेश पनि रहेका छन् ।