टी-२० सेमीफाइनल : दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान मात्र ५६ रनमै अल आउट

टी-२० सेमीफाइनल : दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान मात्र ५६ रनमै अल आउट


काठमाण्डु-आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले न्यून लक्ष्य दिएको छ ।

टी–२को पहिलो सेमीफाइनल अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन जोडेको छ । अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोत्र्याले २/२ विकेट लिए ।

२८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो । अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए ।

अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको थियो । रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको अफगानिस्तानले इब्राहिम जाद्रानलाई दुई रन बनाउँदा गुमाए ।