काठमाण्डु–टी–२० विश्व कपको सुपर–८मा चार टीम प्रवेश गरिसकेको छ । न्युजील्याण्डलाई पराजित गर्दै वेस्टइन्डिजले सुपर–८मा स्थान बनाएको छ । सुपर–८ मा प्रवेश गर्ने वेस्टइन्डिज चौथो टिम हो ।
जारी विश्व कपको २६ औं खेलमा वेस्टइन्डिज र न्युजील्याण्डबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा न्युजील्याण्डको लगातार दोस्रो हार हो । हार पछि न्युजील्याण्ड सुपर–८बाट बाहिरिने सम्भावना बढेको छ । न्युजील्याण्डलाई हराउँदै वेस्टइन्डिजले सुपर–८ मा आफनो स्थान सुरक्षित बनाएको छ ।
जारी विश्व कपमा बिहीबारसम्म २६ वटा खेल भइसकेको छ । अहिलेसम्म सुपर–८मा चार वटा टीम प्रवेश गरिसकेका छन् । दक्षिण अफ्रिका, अस्ट्रेलिया, भारत र वेस्टइन्डिज सुपर–८मा प्रवेश गर्ने टीम हुन् । भारतले अमेरिकालाई हराएर सुपर–८मा स्थान पक्का गरेका हुन् ।
यसका साथै अहिलेसम्म दुई टिम सुपर–८को दौडबाट बाहिरिएका छन् । बाहिरिनेमा ओमान र नामिबिया हुन् ।
सुपर–८ मा प्रवेश गर्न अब चार वटा टीम बाँकी छन् । यसका लागि १४ टीमबीच संघर्ष जारी छ । यी १४ टीम मध्ये तीन ठूला टीम पनि सुपर–८बाट बाहिरिने खतरा छ । इङल्याड, पाकिस्तान र न्युजील्याण्डको खराब प्रदर्शनले उनीहरूलाई सुपर–८मा स्थान बनाउन बठिन छ ।
डिफेन्डिङ च्याम्पियन इङल्याड र न्युजील्याण्डले जारी प्रतियोगितामा त अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन । उता पाकिस्तान दुई खेल जितेको छ भने एउटामा पराजित भएको छ । यदि यी टीमहरू अब खेलिने खेलमा पराजित हुन्छ या वर्षाका कारण खेल रद्द हुन्छ भने उनीहरू सुपर–८बाट बाहिरिने निश्चित नै हुन्छ ।
प्रतिक्रिया