टी–२० विश्वकप क्रिकेट : बंगलादेशले नेपाललाई दियो १ सय ७ रनको लक्ष्य, सन्दीपको सय विकेट पूरा

टी–२० विश्वकप क्रिकेट : बंगलादेशले नेपाललाई दियो १ सय ७ रनको लक्ष्य, सन्दीपको सय विकेट पूरा


काठमाण्डु-वेस्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा बंगलादेशले नेपाललाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ । समूह ‘डी’को अन्तिम खेलमा बंगलादेशले १९ ओभर ३ बलमा ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन बनाएको हो ।

बंगलादेशका शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे । त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए ।

नेपाली बलरहरुका अगागि बंगलादेशका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् ।
कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले मात्र २२ रन खर्च गरे ।

सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले १० रन मात्र खर्चिए ।

सन्दीपको एकसय विकेट

पूर्वकप्तान लामिछानेले अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिएका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।

टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको आजको खेलमा व्यक्तिगत २ विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय सय विकेट बनाएका हुन् ।
उनले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् ।