तालिबानले आंशिक युद्ध बिराम रद्ध गर्‍यो

तालिबानले आंशिक युद्ध बिराम रद्ध गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिबानले आंशिक युद्ध बिराम रद्ध भए लगत्तै अफगान सुरक्षा बलको बिरुद्धमा आक्रामक अभियान फेरी सुरु गर्ने जनाएको छ ।

यो आंशिक युद्ध बिरामको घोषण चरमपन्थी तथा वासिङटनबीचको सम्झौतामा हस्ताक्षर हुनु भन्दा पहिलेनै भएको थियो । जुन किसिमबाट तालिबानले आंशिक युद्ध बिराम समाप्त गर्ने भनेको छ, यसबाट अफगानिस्तानमा शान्ति सम्झौतालाई झट्का त लाग्दैन भन्ने सवाल उठ्न थालेको छ ।

‘हिंसामा कटौती, अब समाप्त भएको छ र हाम्रो अभियान सामान्य रुपमा जारी रहनेछ,’ तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘अमेरिका र तालिबानबीचको सम्झौता अनुसार हाम्रो मुजाहिद्दीनले विदेशी सेनामाथि हमला गर्ने छैन । तर, काबुलको प्रशासन बलका बिरुद्ध हाम्रो अभियान जारी रहनेछ ।’

यो घोषणा राष्ट्रपति अशरफ घानीको उक्त बयानको एक दिनपछि आएको छ । जसमा उनीहरुले आंशिक युद्ध बिरामलाई कम्तीमा पनि त्यती बेला सम्म जारी राख्छन् जब सम्म अफगान अधिकारी र तालिबानबीच वार्ता सम्भवतः १० मा सुरु हुँदैछन ।

अफगान सेनाको बिरुद्धमा तालिबानले अभियान सुरु गर्ने

‘सरकारले हेरिरहेको छ कि यो युद्ध बिराम समाप्त भइसकेको छ,’ रक्षा मन्त्रालयका लागि प्रवक्ता फवाद अमनले भनेका छन्, ‘हामीलाई देशमा अहिलेसम्म कतैबाट ठूलो हमलाको जानकारी प्राप्त भएको छ ।’

सम्झौतामा शनिबार हस्ताक्षर भएपछि तालिबानले सार्वजनिक रुपमै अमेरिकामाथि आफ्नो जीतको खुसी मनाइरहेको छ ।