एजेन्सी- अमेरिका र तालिबानबीच आज शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । यो सम्झौता दोहामा हुने भएको छ । यो कार्यक्रमको साक्षीका लागि विश्वभरीका ३० देशका प्रतिनिधिलाई बोलाइएको छ ।
यो सम्झौतामा अफगानिस्तान प्रमुख कार्यकारी अब्दुल्ला, उपराष्ट्रपति अमरुल्ला सलेह, राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्ला मोहिबको पनि उक्त उपस्थित हुने भएका छन् । कतारको राजधानी दोहामा हुने भनिएको यो सम्झौतापछि १८ वर्षपछि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता गर्नका लागि मार्ग प्रसस्त हुने बताइएको छ ।
यो भन्दा पहिले रुसले आयोजना गरेको सम्मेलनमा तालिबानका उच्चस्तरीय प्रतिनिधिमण्डल, अमेरिका, पाकिस्तान र चीन समेत अन्य कयौ देशका प्रतिनिधि संलग्न भएका थिए । अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण गर्दै आएको थियो ।
पछि अमेरिकाले नै शान्ति सम्झौताको पहल गरेको थियो । सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेका थिए ।
दोहामा शान्ति सम्झौतामा हस्ताक्षरपछि शनिबार नै अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा हुने भएको छ । संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत बिभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहने छ ।
प्रतिक्रिया