अफगानिस्तानद्वारा तालिबानसँग अस्थायी युद्धविराम

अफगानिस्तानद्वारा तालिबानसँग अस्थायी युद्धविराम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानले तालिबान विद्रोहीसँग अस्थायी युद्धविरामको घोषणा गरेको छ।

राष्ट्रपति अशरफ गनीले एक साता लामो युद्धविराम गरिएको बताएको बीबीसीले जनाएको छ। यो घोषणा इदको पर्वसँग पर्ने गरी गरिएको हो।
यद्यपी, त्यहाँको सरकारले अन्य समूहसँगको लडाइँ जारी राख्ने घोषणा गरेको छ।

सो युुद्धविरामबारे तालिबान समूहले भने कुनै प्रतिक्रिया दिएको छेन।
सन् २००१ मा अमेरिका नेतृत्वको फौजले तालिबानलाई सत्ताबाट धपाए यता भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ।

विगतमा गरिएका शान्तिवार्ता तथा युद्धविरामका प्रस्तावहरू खासै उपलब्धिपूर्ण भएका थिएनन्।