राजधानीमा तमु ल्होसार : कुकुर वर्गको बिदाइ, मृग वर्गको स्वागत

राजधानीमा तमु ल्होसार : कुकुर वर्गको बिदाइ, मृग वर्गको स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने विश्वासका साथ पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसर्थ ल्होसारलाई नयाँ वर्षको रुपमा लिन सकिन्छ। तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँढेका छन्। यस वर्ष भने (फो(ल्हो) मृग शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ। यो वर्षभरि जन्मनेहरू अब (फो(ल्हो) अर्थात् मृग वर्गको रहने छ। ल्होसार मान्ने जातिहरूमा वर्षको भूमिका वर्गले खेल्ने गर्छन्।

ल्होसार गुरुङ, तामाङ, शेर्पा र हिमाली आदिवासीहरूको मौलिक पर्व हो। ल्होसार तीन किसिमका हुन्छन्। तमू ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार। तमू ल्होसार गुरुङ जातिले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिहरूले आआफ्नो तिथिमितिअनुसार मनाउँछन्।

समग्रमा ल्होसारको अर्थ भने एउटै छ। ल्होसारका अवसरमा काठमाडौंको बसन्तपुरबाट आइतबार गुरुङ समुदायले सांकृतिर्क यालीसहित टुँडिखेलको कार्यक्रममा सहभागिता जनाएका थिए।