काठमाडौं- नेपाली सेनाको रथीमा बढुवा भएका गौरव टण्डुललाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीपरिषदको वैशाख १० गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका उपरथी तण्डुललाई शुक्रवार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार रथी दर्जामा पदोन्नती भएका तण्डुललाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
सेनामा बलाधिकृतरथी र बलाध्यक्षरथी गरी दुई वटा दरवन्दी रहेको छ ।
प्रतिक्रिया