काठमाडौं – रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटनाग्रस्त भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान ल्यान्डिग गियर फेल भएपछि दुर्घटनाग्रस्त भएको हो।
सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको थियो ।जहाज रनवेबाट चिप्लिएको बताइएको छ । दुर्घटनापछि रनवे बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् ।
प्रतिक्रिया