‘राजधानी सार्न पाइदैन’ भन्दै धनगढीमा नेकपाका प्रमुख सचेतकमाथि आक्रमणको प्रयास

‘राजधानी सार्न पाइदैन’ भन्दै धनगढीमा नेकपाका प्रमुख सचेतकमाथि आक्रमणको प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङमाथि धनगढीमा आक्रमणको प्रयास भएको छ।

‘राजधानी सार्न पाइदैन’, ‘तारा लामा मुर्दावाद’ लगायतका नारा लगाउँदै केही व्यक्तिहरूले  प्रमुख सचेतक  तामाङमाथि आक्रमणकाे प्रयास गरेकाे हाे। त्यतिबेला उनी धनगढीको ओम प्यालेससँगै रहेको बेल्स परिकारमा नास्ता खान जाँदै थिए।

कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार तामाङमाथि आक्रमण हुन लागेकाे सूचना प्रहरीले बेलैमा थाहा पाएकाे थियाे। आन्दोलनकारीकै समूहबाट तामाङमाथि आक्रमण गर्ने जानकारी आएपछि  प्रहरी परिचालन गरिएकाेमा जाेगाउन सफल भएकाे उनले बताए।

प्रमुख सचेतक तामाङ प्रदेशको नामांकन र राजधानी तोक्ने सुझाव समितिका संयोजक हुन्। उनी संयाेजक रहेकाे समितिकाे सिफारिसका अाधारमा प्रदेश सरकारले प्रदेशकाे नाम सदूरपश्चिम र राजधानी गाेदावरी राख्ने निर्णय गरिसकेकाे छ। अस्थायी मुकाम धनगढी रहेकाेमा राजधानी गाेदावरी कायम गरिएकाे विराेधमा धनगढीमा अान्दाेलन भइरहेकाे छ।