तराईमा शीतलहरः सरकारद्वारा दुई करोड २२ लाखको राहत घोषणा

तराईमा शीतलहरः सरकारद्वारा दुई करोड २२ लाखको राहत घोषणा


काठमाडौं– तराईका २२ जिल्लामा शीतलहरले जनजीवन कष्टकर बन्न थालेपछि सरकारले दुई करोड २२ लाख बराबरको राहत कार्यक्रम घोषणा गरेको छ।

 

गृह मन्त्रालयले तराईका २२ जिल्लामा कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो। ती प्रत्येक जिल्लामा १० लाख बराबरको राहत वितरण गरिनेछ।

 

सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाइनेछ।

 

गृहसचिव मोहनकृष्ण सापकोटाका अनुसार राहत वितरण सोमबारबाटै सुरु भएको छ।

 

केन्द्रबाट कम्बललगायत सामग्री जाने क्रम शुरु भइसकेको उनले बताए।

 

मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ।