काठमाडौं- तरकारीमा व्यापक विगाादी मिसाइने गरेको रहस्य खुलेको छ । साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ । जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ ।
रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ । तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन ।
बाली संरक्षण निर्देशनालयबाट बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा तीन जना कर्मचारी तरकारी परीक्षणका लागि खटिने गरेका छन् । विज्ञहरुले उमालेर अथवा धेरै मात्रामा पखालेर तरकारी खान सुझाव दिएका छन् । आजको समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया