काठमाडौं– भारतको सिक्किममा बसेर बेटिङ लगाउने गुन्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले विरोध जनाएको छ।
दिल्ली प्रहरीले शनिबार उनलाई इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ गरेको थियो। दुबईबाट दिल्ली एयरपोर्ट झरेका बेला उनलाई पक्राउ गरिएको हो।
तर, नेपाल तरुण दलले विनासर्त दावा लामाको रिहाइको माग गरेको छ। शनिबार दलद्वारा जारी विज्ञप्तिमा लामाको रिहाइको माग गरिएको उल्लेख छ।
‘एक लोकतन्त्रवादी तरुणमाथि अनायसै भएको यो धरपकडप्रति दलको ध्यानाकर्षण भएको छ’, दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘काभ्रे जिल्ला अध्यक्ष जितेन्द्र तामाङ (दावा लामा) लाई विनासर्त रिहाइको माग गर्दछौं।’
प्रतिक्रिया