पर्यटन व्यवसायी शेर्पा माओवादी केन्द्रबाट चुनाव उठ्ने,संखुवासभाबाट सर्वसम्मत उम्मेदवार सिफारीस

पर्यटन व्यवसायी शेर्पा माओवादी केन्द्रबाट चुनाव उठ्ने,संखुवासभाबाट सर्वसम्मत उम्मेदवार सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – युवा व्यवसायी टासी शेर्पा माओवादी केन्द्रबाट चुनाव उठ्ने भएका छन् । चर्चीत पर्यटन व्यवसायी शेर्पा माओवादी केन्द्रका युवा नेता समेत हुन । शेर्पालाई संखुवासभाको जिल्ला पार्टीले आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

 

 

युवा नेता शेर्पाले एउटा मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाबाट पार्टीले आफुलाई प्रतिनिधिसभाका लागी सर्वसम्मत उम्मेदवार सिफारीस गरेको बताए ।

 

 

उम्मेदवार सिफारीस भएपछि शेर्पाले सामाजिक संजाल फेसबुकमा पार्टीलाई धन्यबाद दिदै अबको फैसला संखुवासभाबासीको हातमा रहेको बताएका छन् । शेर्पाले सगरमाथासहित विश्वका अग्ला हिमालको आरोह समेत गरिसकेका छन् । उनको माओवादी केन्द्रसहित प्रमुख पार्टीका शिर्ष नेताहरुसंग सुमधुर सम्बन्ध समेत रहेको छ ।

 

 

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग निकट सम्बन्ध रहेका शेर्पा सबैभन्दा बढी विदेशी मुद्रा भित्रयाउने नेपाली व्यवसायीमध्ये एक हुन ।