तस्करसँग पैसा लिँदै गर्दाको फोटो खिच्ने पत्रकार कुर्मी प्रहरीबाट कुटिए

तस्करसँग पैसा लिँदै गर्दाको फोटो खिच्ने पत्रकार कुर्मी प्रहरीबाट कुटिए


महोत्तरी – तस्करसँग पैसा लिईरहेको प्रहरीको फोटो खिच्दा एक पत्रकारमाथि प्रहरीले हातपात गरेको छ । फोटो किन खिचेको भन्दै प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले नेपाल टेलिभिजनका महोत्तरी सम्बाददाता राजिव राय कुर्मीमाथि सोमबार बेलुकी हातपात गरेका हुन् ।

जिल्लाको सम्सी गाउँपालिकाको बजार क्षेत्रमै बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेकोआफूले खिचे लगत्तै प्रहरी हवलदार बस्नेतले धकेल्नुका साथै कठालो समातेर मोबाइल खोस्ने र फोटो डिलिट गर्न प्रयास गरेको पत्रकार कुर्मीले बताए ।

घटनाबारे जानकारी पाएका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले घटनाबारे बुझेर दोषी भेटिए कारवाही गर्ने प्रतिबद्धता जनाए ।