ट्याक्सीको पनि सिण्डिकेट तोड्छौं- मन्त्री महासेठ

ट्याक्सीको पनि सिण्डिकेट तोड्छौं- मन्त्री महासेठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ट्याक्सीको पनि सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले ट्याक्सीहरूलाई कम्पनीमा दर्ता गराई कम्पनीमार्फत् सञ्चालन गर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको बताउँदै अब ट्याक्सीको पनि सिण्डिकेट तोड्ने बताएका हुन् ।

उनले  बसको सिण्डिकेट सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै खारेजको निर्देशन दिएको र आफूले अहिले त्यसको कार्यान्वयन बताए । उनले भने, ‘अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित् गर्छौं।’

उनले विकृति र विसंगतिका विरुद्ध यो प्रयास भएको बताउँदै यस काममा सफल भएर छाड्ने दावी गरे । मन्त्री महासेठले अन्तिममा आएर बस व्यवसायीहरुले पनि आन्दोलन फिर्ता गरेर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्तर्गत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी समेत दिए ।