सरकारले शिक्षा विधेयक पारित गर्छु भनेपछि शिक्षक महासंघले के भन्यो ?

सरकारले शिक्षा विधेयक पारित गर्छु भनेपछि शिक्षक महासंघले के भन्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भए पनि नेपाल शिक्षक महासंघले आन्दोलन जारी रहने बताएको छ ।

मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका माग सम्बोधन गर्न संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बैठक वैशाख १२ गते बोलाइएको छ । साथै बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको छ। बैठकले शिक्षकहरूलाई काममा फर्किन पनि आग्रह गरेको छ ।

तर, सरकारको निर्णयप्रति विश्वास नरहेको शिक्षक महासंघले जनाएको छ । सरकारले आफूहरूलाई रित्तै घर फर्काउन खोजेको भन्दै महासंघले आशंका जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने बताएका हुन् ।

सुवेदीले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको भन्दै प्रदर्शनलाई निरन्तरता दिने बताए ।
अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन, ‘देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौँ आइपुग्नुहोला ।’