आन्दोलनमा घुसपैठ भयो : शिक्षक महासंघ

आन्दोलनमा घुसपैठ भयो : शिक्षक महासंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा सरकारपक्षबाटै घुसपैठ भएको दाबी गरेको छ । घुसपैठकै कारण शान्तिपूर्ण प्रदर्शनमा झडप भएको महासंघले भनेको छ ।

नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईले आफहरूले शान्तिपूर्ण आन्दोलन भाड्न घुसपैठ भएको दाबी गरे ।

बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप भएको थियो ।

महासंघले प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले फोहोरा प्रयोग गरेकोमा आपत्ति जनाएको छ । महासंघका महासचिव तुलाबहादुर थापाले घटनाको महासंघले घोर भत्र्सना गरेको बताए ।

उनले विगत २६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले फोहोरा प्रयोग गरेर शिक्षकहरूलाई घाइते बनाएको बताए ।

प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । बैठक बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

गएको चैत २० गतेयता शिक्षकको आन्दोलन माइतीघर–बानेश्वर केन्द्रित छ ।