काठमाण्डु – नेपाल शिक्षक महासंघको विस्तारित पदाधिकारी बैठकबाट आन्तरिक छलफल गरेर सरकारसँगको वार्ता सुरु भएको छ ।
महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेपछि पदाधिकारीहरू सरकारसँगको वार्तामा गएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मंगलबार दिउँसो ३ बजे शिक्षक महासंघका प्रतिनिधिलाई वार्तामा बोलाएका थिए । तर महासंघको आन्तरिक छलफल लम्बिएपछि ढिला गरी सरकारसँगको बैठक सुरु भएको छ ।
प्रतिक्रिया