सिरहा – धनगढीमाई नगरपालिका–९ चैनपुरस्थित महावीर माध्यमिक विद्यालयमा झूटा अध्यापन अनुमतिपत्र पेश गरी सेवा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले झूटा अध्यापन अनुमति पत्र पेश गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि मंगलबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार विद्यालयको मावि तहमा नियुक्तिका लागि झूटा अनुमतिपत्र पेश गरी भ्रष्टाचारजन्य कसूर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाई पटक–पटक झूटा कागजात पेश गरी राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेका छन् ।
आरोपित शिक्षकमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।
प्रतिक्रिया