काठमाण्डु – काठमाण्डुको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान कलेजभित्रै प्लस टुमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले एक शिक्षकलाई नियन्त्रणमा लिएको हो ।
दुर्व्यवहारपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग गरेका छन् ।विद्यार्थीहरुले कलेज तथा सडकमा प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया