शिक्षक र प्रहरीबीच झडप,महासंघले बोलायो आकस्मिक बैठक

शिक्षक र प्रहरीबीच झडप,महासंघले बोलायो आकस्मिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– २६ दिनदेखि आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । त्यसै क्रममा भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

ढुंगामुढा प्रहार भएपछि प्रहरीले पानीको फोहरा हानेको छ भने भिड तितरवितर भएको छ ।

प्रहरीसँगको झडपपछि शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

झडपपछि शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।

आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ ।