आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग कांग्रेस महामन्त्रीद्वयले गरे छलफल

आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग कांग्रेस महामन्त्रीद्वयले गरे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले छलफल गरेका छन्।

छलफलमा शिक्षकहरूको मागको बारेमा महामन्त्रीद्वयले पहलकदमी लिने बताइएको छ।

विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि थापा र शर्माले सक्रियता दिेखाएका हुन् ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग छलफल गर्ने योजना उनीहरुको छ ।

शिक्षक तथा कर्मचारीहरुले माग गर्दै आएको शिक्षा ऐन सम्बन्धी विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा छ ।

उनीहरुले शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन संसदबाट वा अध्यादेशबाट जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुको शैक्षिक हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका काम प्रभावित भएका छन् ।

छलफलमा सरकारले मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने निर्णय तत्काल गर्ने र शिक्षा ऐन जारी गर्नका लागि संसदीय समितिबाट छिटो विधेयक पास गरेर संसदमा पठाउने विषयमा कुरकानी भएको हो ।