काठमाण्डु- शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन माग गरेको छ ।
सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरिएको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।
प्रतिक्रिया