प्रधानमन्त्रीको सल्लाहकारमा मैनाली र अर्याल नियुक्त

प्रधानमन्त्रीको सल्लाहकारमा मैनाली र अर्याल नियुक्त


काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् ।

बाराका मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको हो । एमाले नेता मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए तर, चुनाव हारे ।

यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।