तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपति पुनको आग्रह

तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपति पुनको आग्रह


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सफल होस् भन्दै शुभकामना दिएका छन् ।

तीज सिर्जनशील र उल्लासमय बनोस् बन्न सकोस् भन्दै तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिएका हुन् । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उनले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपतिले भनेका छन्, ‘पछिल्ला दिनमा बढेका बलात्कारजस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटना ज्यादै गम्भीर र चिन्ताको विषय हो । बलात्कारलगायत महिला हिंसाका घटनाका दोषीलाई कानूनी दायरामा ल्याई यस्ता घटनाको न्यूनीकरण गर्नुपर्दछ । यस वर्षको तीज पर्वले महिला हिंसालगायत सबैखाले आपराधिक घटनालाई न्यूनीकरण गर्न सन्देश दिने अपेक्षा लिएको छु ।