प्रधानमन्त्रीले जिम्मेवारीबिहीन बनाएका माओवादी मन्त्री बस्नेत दिनभर मन्त्रीको कुर्सीमा

प्रधानमन्त्रीले जिम्मेवारीबिहीन बनाएका माओवादी मन्त्री बस्नेत दिनभर मन्त्रीको कुर्सीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारीविहीन बनाएपछि बुधबार माओवादी केन्द्रबाट मन्त्री बनेकाहरू मन्त्रालयविहीन अवस्थामा रहे।

 

 

उनीहरुले अरु दिन जस्तै मन्त्रालयको कुर्सीमा बस्न पाएनन्। ती कुर्सीमा नवनियुक्त मन्त्रीहरु बसे।

 

 

 

तर, माओवादीबाट सामान्य प्रशासन मन्त्री बनेका तथा मंगलबार मात्र प्रधानमन्त्री देउवाले विना विभागीय बनाइदिएका टेकबहादुर बस्नेत भने बुधबार दिनभर मन्त्रालयको कार्यकक्षमा रहेकोे कुर्सीमा बसे।

 

 

 

सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री देउवाले आफूसँग राखेकाले कुर्सी खाली हुन पुगेको थियो। बस्नेत सामान्य प्रशासन मन्त्रीको कुर्सीमा बसेका थिए।