कर कार्यालयले टेलियालाई भन्यो– १५ दिनभित्र ६५ अर्ब रुपैयाँ कर तिर्नू

कर कार्यालयले टेलियालाई भन्यो– १५ दिनभित्र ६५ अर्ब रुपैयाँ कर तिर्नू


काठमाडौैं– ठूला करदाता कार्यालयले स्वीडेनको टेलिकम सेवा प्रदायक कम्पनी टेलियालाई नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकर १५ दिनभित्र तिर्न निर्देृशन दिएको छ।

 

 

कार्यालयले टेलियाले बुधबार सार्वजनिक सूचना जारी गरी एनसेलको सेयर बिक्री गर्दा तिनुपर्ने जरिवाना र ब्याज सहित ६५ अर्ब रुपैयाँ तिर्न भनेको हो। नियम अनुसार कर तिर्न नआएमा कानूनी कारबाही गरिने सूचनामा उल्लेख छ।

 

 

पछिल्लो २ वर्ष एनसेलको स्वामित्व परिवर्तनमा तिनुपर्ने करको विषयमा विवाद चल्दै आएको छ।

 

 

 

 

 

 

लाभकर नतिर्दासम्म लाभांश रकम लैजान करदाता कार्यालयले रोक लगाएपनि लाभांश रकम लैजान दिनुपर्ने फैसला सर्बोच्च अदालतले गरेको थियो ।

 

 

अहिलेसम्म एनसेलले लाभकर वापत २३ अर्ब ५६ करोड रुपैयाँ तिरेको छ ।

टेलियाले भने नेपालमा आफ्नो कर दायित्व नरहेको बताउदै आएको छ।