नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको हो ।

अब यो सिफारिसलाई मन्त्रिपरिषदमा लगिने र तीन जना मध्ये एक जनालाई छनोट गरेर प्रवनध निर्देशक नियुक्त गरिनेछ । कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद हाल रिक्त छ ।

टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए । सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समतिले ३ अधिकारी, पहाडी र आचार्यलाई छनोट गरेर सिफारिस गरेको हो ।

अधिकारी र पहाडी अहिले पनि टेलिकममा कार्यरत कर्मचारी हुन् भने आचार्य यसअघि पनि टेलिकमममा प्रवन्ध निर्देश्कका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।