काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । टेलिकमको पुस ३० मा हुने दशौं वार्षिक साधारण सभाले ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गर्ने भएको छ ।
कम्पनीले पुस ११ गतेसम्म कायम भएका सेयरधनीहरुलाई लाभाशं दिने जनाएको छ । कम्पनीले पुष १२ देखि ३० सम्म बुक क्लोज गर्ने निर्णय गरिसकेको छ ।
९० प्रतिशत भन्दा बढी सरकारको स्वामित्व भएको टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ४ अर्ब ५ करोड रुपैयां खुद नाफा गरेको छ । कम्पनीमा ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानी कोषको सेयर छ ।
प्रतिक्रिया