काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो।
माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया