काठमाण्डु– काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
प्रतिक्रिया