-गणेश बुढा
बझाङ – बझाङ जिल्ला छबिस पाथीभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको बीचमा पर्ने थलिनौबिसमा गोलो हाल्ली भकुन्डो खेल्ने पर्व सुरु भएको छ । प्रत्येक बर्ष बाठपाला मन्दिर दैपाडबाट फाल्गुन १५ गते उबासु पर्व मनाएसंङै प्रारम्भ हुने यो पर्व दुर्गाथलिको सैनको खेल्लाइनी सकिएसंगै समापन गरिन्छ । जिल्लाका हजारौं भक्तजनको घुइँचो लाग्ने यो पर्बको ऐतिहासिक ,धार्मिक र प्रर्यटकिय दृष्ठिकोणले महत्व रहेको पाईन्छ ।
पहिलो दिन चारै गाउंका सबै भक्तजन र अन्य आलिपालिका समेत आएर बाठपालाको मन्दिरमा( दैपाड) मा पुजा आराधना गरि मनाउने प्रचलन छ। अर्को दिन फाल्गुन १६ गते निरहर (पानीनखाइ ) फलहर( फलफूल पनि नखाइ) व्रत बसेर दुधाराहरुले सबै भक्तजनको घरबाट दुध संकलन गर्ने गर्द्छ्न ।लगभग ५,६ हजार घर परिवारबाट गाइको दुध संकलन गर्दै सैनको मालिमाडुमा साइसो ( दुधको परिकार ) लाई दुर्गादेबिको मन्दिर थली मन्दिरमा चह्चह् लगाउदै लैजाले प्रचलन रहेको पाइन्छ ।
दुर्गा देबिको मन्दिर मठमा दैपाडबाट डोला आइसकेपछी र सैनबाट साइसो ल्याइसकेपछी दुबै गाउँपालिका बीचमा मैकासुरको टाउंकाको प्रतीक मानिने छालाको भकुण्डो खेलाउने चलन छ । भकुण्डो खेलाउदा मानिसको गोलो हुने हुंदा यसलाई गोलो हाल्लि जात भनेर भनिन्छ ।
अर्को दिन पनि सबै गाउका मानिसहरु भेला भएर लेकगाउँ र ल्वाडामा काकर लाइनी पर्व मनाउने प्रचलन छ ।लोग्ने मान्छे सबै काकरलाइन जाने र महिलाहरु गित गाउदै चिउरा कुट्ने प्रचलन छ ।कुनै लोग्ने मानिस घरमा बसे तेसलाइ नाङ्गैझार गर्दै अश्लिल गाली गर्ने र लाकुरी ल्याउने समयमा महिला भेटिएमा जिस्क्याउंने प्रचलन छ ।दिनभर लोग्ने मानिसले हम्कारा लगाउदै सैरे सै गित गाउदै काकंर लगाउने र प्रत्येक गाउँका भूम्या देबतालाई चडाउने प्रचलन छ ।
बेलुकी पुजापाठ गरिसके पछि मात्रै मन्दीरमा भजन कृतन गर्दै काकंरलाइनी पर्व मनाउने प्रचलन छ । फागुन १८ गते ल्वाडामा नै सबै महिलाहरूले खेल लगाउंछन् । जसमा भारिखेल,चाभाई खेल “लौबिरि छम्क “लगायत पर्ख्यात खेलहरू खेल्ने र छोर्या्ट्टा छोरिट्टिले डेउडा समेत खेल्ने गरिन्छ । १९ गते सैनको भकुन्या खालमा काकर लगाउने पर्चलन छ भने २० गते सैनमा खेल्लाईनि जात मनाएपछि प्रत्येक बर्षको फागुनको जात्रा सकिन्छ ।
यस क्षेत्रका पुजारा ,बुढा,चलाउने ,जप्रेल ,दैल्याल ,रोकाया ,कडायत ,थापा,सिह ,नेपाली ,बिक ,महर ,रावल ,भण्डारी लगायतका जातिले मनाउने यो पर्ब बझाङ जिल्लाकै ऐतिहासिक पर्व हो। मार्सि धान फल्ने पबित्र भूमि थलिजिउलो, सिजा महाराजाले निर्माण गरेको मठकोे २२०२ खुडकुडि, दुर्गादेविको मन्दिर, मासको गाह्रोले निर्माण गरेर बनाएको माटेसाड्गु ,पबित्र वाठपाला मन्दिर दैपाड, ,पवित्र स्थल सैन मालिमाडु पर्यटकिय बजार बिसैना बजार ,दानछडो झरना ,लगायतका यहांका धार्मिक स्थल एवम् ऐेतिहासिक महत्वका स्थानहरू रहेका छन।
प्रतिक्रिया