काठमाण्डु-धादिङको झ्याप्ले खोलामा थप ३ शव फेला परेको छ ।
ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
शुक्रबार बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि हिंडेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन छ । ती शव सोही बसमा यात्रा गर्नेहरूको हुन सक्ने आशंका छ ।
यसैबीच झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा अर्को बस पनि फेला परेको छ । त्यो त्यही गोरखाबाट आएको बस हुनसक्ने अनुमान गरिएको छ । तर पुष्टि गर्न बाँकी छ । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
विहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले धादिङको झ्याप्ले खोलामा अझै केही सवारी साधन पुरिएको आशंकामा प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
सुरक्षाकर्मीले त्यस स्थानमा उद्धार तथा खोजीका क्रममा एउटा बस र एउटा विङ्गरमा सवार १४ यात्रुको शव फेला पारेको थियो ।
प्रतिक्रिया