देशभर ७० प्रतिशतभन्दा बढी मत खस्छ :प्रमुख निर्वाचन आयुक्त थपलिया

देशभर ७० प्रतिशतभन्दा बढी मत खस्छ :प्रमुख निर्वाचन आयुक्त थपलिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले  देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह गरेका छन् ।

भक्तपुरको लोकन्थलिस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह गरेका हुन्

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरेको बताए। अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकिय तयारीमा कुनै कमी कमजोरी हुन नदिइएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने उनको विश्वास छ। उनले मतदान गर्न केहि समय लागेकाले व्यवस्थापकिय कामलाई थप सहजिकरण गर्न निर्वाचन अधिकृतहरुलाई आग्रह गरे।

निर्वाचन सकिएलगतै मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने उनको भनाई छ। थपलियाले मंसिर २२ गतेसम्म निर्वाचनको सम्पूर्ण काम सम्पन्न गर्ने दावी गरे।