काठमाण्डु – थापाथली प्रसुती गृहमा स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले संक्रमित मध्ये तीन जना आवासीय चिकित्सक रहेको जानकारी दिइन् । अन्य संक्रमितहरु प्राविधिक, सुरक्षागार्ड अस्पतालभित्र रहेका बैंकका कर्मचारी र नर्स रहेका छन् ।
उनले अस्पतालका बिरामीमा भने कोरोना संक्रमण नदेखिएको बताइन् । डा. मिश्राले अस्पतालमा अहिले थप सतर्कता अपनाइएको जानकारी दिइन् ।
प्रतिक्रिया