थारु समुदायले यसरी मनाए काठमाडौंमा माघी पर्व

थारु समुदायले यसरी मनाए काठमाडौंमा माघी पर्व


काठमाडौं – काठमाडौंमा बस्दै आएका थारु समुदायले पनि आफ्नो पर्व माघी धुमधामका साथ मनाएका छन् । माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’को आयोजना गरी थारु समूदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन् ।

यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन् । माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ ।

आफ्न्तहरुबीच शुभकामना आदानप्रदान तथा मिष्ठान्न भोजन खुवाएर यो पर्व काठमाडौंमा पनि भव्यताका साथ मनाइएको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौंधरीले जानकारी दिए । महोत्सवमा थारु जातिका विभिन्न खानाको परिकार राखिएको १ सय १० वटा स्टल राखिएको छ । मिष्ठान्न भोजन र नाचगानसहितको रमाइलो गरेर काठमाडौंमा पनि माघी पर्व मनाइएको प्रियंका चौधरीले जानकारी दिए ।

महोत्सवमा भेला भएका थारु समूदायले एक अर्काबीच शुभकामना पनि आदानप्रदान गरेका छन् । थारु समूदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । थारु समूयदायले यो पर्वमा विशेषत प्रकृतिलाई पूजा गर्ने गर्दछन् । प्रकृतिले हुर्काएको भन्दै उनीहरुले सो पर्वमा खोला, तलाउमा नुहाएर प्रकृतिको पूजा गर्ने गरेका हुन् ।