बामगठवन्धनलाई जिताउने भन्दै कैलालीमा थारु समुदायका नेता एकै ठाउमा जुटे

बामगठवन्धनलाई जिताउने भन्दै कैलालीमा थारु समुदायका नेता एकै ठाउमा जुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलालीको राजनीतिमा निर्णायक मानिएको थारु समूदायका नेताहरुले कुनैपनि खालको भ्रममा नपरेर आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको निर्बाचनमा बामगठवन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन ।

 

 

कैलालीको मसुरियामा भेला भएका नेताहरुले बामगठवन्धनले नै थारु समूदायको हितमा काम गर्न सक्ने भन्दै आममतदातालाई बामगठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका हुन ।

 

 

भेलामा थारु राष्ट्रिय मुक्ती मोर्चाका महासचिव हरिराम चौधरी उत्सव, लोकतान्त्रिक थारु संघ कैलालीका अध्यक्ष चुनकुमारी चौधरी, पूर्वमन्त्री गौरीशंकर चौधरी, पूर्व सांसद विरमान चौधरी, पूर्व सांसद रुपाशोशी चौधरी, माओबादी नेता नेपवहादुर चौधरी, एमाले नेताहरु हनुमान चौधरी, लालवीर चौधरी र लक्ष्मी चौधरीको उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रममा माओवादीका केन्द्रीय सचिवालय सदस्य लेखराज भट्टले थारु समूदायको अधिकार दिलाउन आफूहरु गम्भीर भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले पनि बामगठवन्धनले मात्र थारु लगायतका समूदायका हकहीतको रक्षा र संरक्षण गर्न सक्ने दावी गरे ।

 

 

कैलालीमा चार लाख ६० हजार पांच हजार ७८ जम्मा मतदाता रहेकोमा एक लाख ५० हजार भन्दा बढी थारु समूदायका मतदाता रहेको अनुमान छ । कैलालीमा झण्डै ४२ प्रतिशत थारु समूदायको बसोबास रहेको छ ।

 

बामगठन्धनले कैलालीमा थारु समूदायको जनसंख्या बरावर नै प्रत्यक्षतर्फबाट थारु नेताहरुलाई उम्मेदवार बनाएको छ । प्रतिनीधिसभामा ५ र प्रदेशसभामा १० सीट रहेको कैलालीमा थारु समूदायबाट प्रतिनीधिसभामा कैलाली ३ बाट गौरीशंकर चौधरी र क्षेत्र नम्वर ५ बाट नारदमूनी राना उम्मेदवार छन ।

 

 

यस्तै प्रदेशसभामा क्षेत्र नम्वर १ को १ मा लालवीर चौधरी, २ मा नेपवहादुर चौधरी, क्षेत्र नम्वर ३ को १ मा विरमान चौधरी, क्षेत्र नम्वर ५ को १ मा उम्मेदवार नेपालू चौधरी उम्मेदवार छन ।