प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसंग गरे छलफल, भूउपयोग नीति बनाउन सुझाव

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसंग गरे छलफल, भूउपयोग नीति बनाउन सुझाव


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसंग सरकारको नीति तथा कार्यक्रमका बिषयमा मंगलबार छलफल गरेका छन् । बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने बारेमा छलफल भएको हाे ।

संघीय संसद्मा आगामी जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउँदैछ । प्रधानमन्त्री ओलीले अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यबस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नु पर्ने प्रस्ताव बैठकमा गरेका थिए ।

यसैगरी भूउपयोग सम्बन्धि नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएका छन् । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।