चोरी गर्ने दुई युवक प्रहरी खोरमा

चोरी गर्ने दुई युवक प्रहरी खोरमा


राजविराज – सप्तरीको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–४ का १९ वर्षीय भगवतीकुमार राम र रुपनी गाउँपालिका–९ का २० वर्षीय रामकुमार मण्डल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

दुवैजनाले राजविराज–४ स्थित एउटा होटलबाट विभिन्न पेय पदार्थसहित ३५ हजार तथा सोही स्थानमा रहेको मोबाइल पसलबाट दुई लाख मूल्य बराबरका मोबाइल र एलसिडि टेलिभिजन चोरी गरेका थिए । होटल तथा पसल सञ्चालकले गरेको उजुरीको आधारमा दुवैजनालाई चोरीका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।